पोखरामा १८३ औं विश्व फोटोग्राफी दिवस मनाइयो
पाेखरा | भदौ ३, २०७९
पोखरा । पोखरामा १८३ औं विश्व फोटोग्राफी दिवस मनाइएको छ ।
फोेटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको सँयुक्त आयोजनामा आज प्रभातफेरी सहित विश्व फोटोग्राफी दिवस मनाएको हो ।
सोही अवसरमा फोटोग्राफर संघ गण्डकीको सम्पर्क कार्यालयको उद्घाटन समेत गरिएको छ ।
१८३ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर संघको कार्यालय पोखराका टुडाबाट शुरु भएको प्रभातफेरी र्याली मानवअधिकार चोक, चिप्लेढुङ्गा, महेन्द्रपुल हुदैँ दी गार्डेन रेष्टुरेन्टमा पुगेर कोणसभामा परिणत भएको थियो ।
फोटोग्राफर गण्डकीको कार्यालय पोखरा क्षेत्रका पुुराना फोटो तथा भिडियो संकलन सुनिल उलकले कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पोखराका फोटोग्राफर तथा फोटो पत्रकार र फोटोमा अभिरुचीकर्ताहरुको सहभागिता रहेको थियो ।
दिवसको अवसरमा राष्ट्रिय मिराज विवाह फोटोग्राफी प्रतियोगिता तथा नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा समेत गरिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

